२०८१ बैशाख १३ , बिहिवार

दुई हजार किलो सुपाडी सहित चौधरी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । अवैध सुपाडी बोकेको गाडी सहित प्रहरीले एक जना नियन्त्रणमा लिएको छ ।

 

मङ्गलवार २ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं ६ मा दुई हजार किलो सुपाडी सहित झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २८ को मुकेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

 

अवैध सुपाडी बोकेको प्र.१.०२.००२ च ५४३२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाइएको रिजालले बताउनुभयो ।