२०८१ बैशाख १४ , शुक्रवार

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।

 

एन्जियोप्लास्टी गरिएपछि आफ्नो अवस्था सामान्य रहेको सेनले उल्लेख गरेकी छन्। अहिले सबै ठिक रहेको र आफू फेरि बाँकी जीवनको लागि तयार रहेको सेनले उल्लेख गरेकी छन्। सेनले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस्। जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ। यी महान शब्द मेरो बुवा (पापा)ले भन्नुभएको थियो। मलाई २ दिनअघि हृदयघात भएको थियो।

 

एन्जियोप्लास्टी गरिएको छ। स्टेन्ट राखिएको छ। सबैभन्दा महत्वपूर्ण, मेरो कार्डियोलोजिस्ट (मुटु रोग विशेषज्ञ)ले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे। समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद। यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो। सबै ठिक छ र म फेरि बाँकी जीवनको लागि तयार छु।’