२०८१ बैशाख १४ , शुक्रवार

जि.ओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । जि.ओ. अटोमोबाइल्सप्रा.लि–जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।

 

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि.Bi-Turbo डिजेल ईन्जिनमा10–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१०पी.एस. पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ । जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भन्नुभयो– ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधा युक्तएक नवीनतम तथा असल एसयुभीहो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्ने मा हामी विश्वस्त छौँ ।

 

बाहिर बाट शक्तिवान, भित्रीआरामदायी
पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागिवायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदानगर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षितलामो यात्राको लागिफ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिलबारमाप्रतिबिम्बित हुन्छ। अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थपदरिलो बनाउँछ । नेक्स्ट–जेन फोर्ड एभरेष्टआकर्षित र साहसिकयात्राको लागियसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियम स्तरको कलाकौशलले भित्रीभागबनाईएको छ जसमासातजना सम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्टप्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

 

ग्राहक केन्द्रित प्रविधि
नवीनतमप्रविधिको ठूलो र उच्च रिजोल्युसनभएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानलयसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम SYNC4A®प्रणाली रहेको छ ।

 

ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ। एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दापार्किङको तनावकमगर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमानयाँक्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थपआत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ। अन्यनयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्तालगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन् ।

 

साहसिक यात्राको लागि बनाईएको

नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा 50mm वृद्धिले सडकमा थपनियन्त्रित सवारप्रदानगर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमलेएभरेष्टको अन–रोड रअफ–रोड सवारीमाथप रमाइलो र नियन्त्रितगर्न सहयोग दिएको छ । कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ?दुईवटा फोर–ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ–रोड चयनगर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्शनल टो हुक अपफ्रन्ट साथै एक्सेसरीजकालागि अपफिटर स्वीचको विकल्पसहित नेक्स्ट–जेन एभरेष्ट जानतयार छ ।

 

दुई 4WD प्रणालीहरू,दुई–स्पीड इलेक्ट्रोनिक सिफ्ट–अन–द–फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट–टाइम द्धध्म् प्रणाली पनि भनिन्छ; र अर्कोउन्नत, स्थायीचार–पाङ्ग्रे ड्राइभ प्रणालीका साथैचयनगर्न मिल्ने ड्राइभ मोडहरु इलेक्ट्रोनिक रूपमानियन्त्रित अन–डिमान्डदुई–स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस प्रयोग गरिएको छ । एभरेष्टको अफ–रोड स्क्रिनले सवारीसाधनको जानकारी र अगाडिको दृश्यक्यामेरामादेखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कनमद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिचकोणहरू हेर्न सक्छन् । नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।