२०८० चैत्र १५ , बिहिवार

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

सुनाखरी न्युज/ काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामापहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्नशहरहरुमाभइरहेको छ । यसै क्रममो दमक अडिसनयहिफागुन २० र २१ गते इट्टभट्टा स्थित श्री सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वर स्थित ग्यालेक्सि पब्लिकस्कुलमाआयोजनाहुँदैछ ।

 

अडिसनदिनआउँदाप्रतियोगीहरुले आफ्नो उमेर खुल्ने परिचयपत्रलिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएकाप्रतियोगीहरुले काठमान्डौंमाआएर स्टुडियो अडिसनमा सहभागीहुनेछन् । साथैविदेशबाट सहभागीहुनचाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ । डिजिटल अडिसनमा सहभागीभएकाप्रतियोगीहरुले पनिअनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागीजनाउन पर्नेछ । त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुहविधामा सहभागीहुनचहानेले पनिएपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थितहुनैपर्छ । डिजिटल अडिसनको अन्तिममिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागीकम्तीमा १८ बर्षको हुनपर्नेछ ।

 

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजातावर्मा, पुष्पनप्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिलाशर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकीअधिकारी, प्रियंकाकार्की, र नरमन राई हुने जनाइएको छ । यीदुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशीभएको रियालीटी शोहरु हुन्। फाउन्डेसनकाअनुसार ‘मेरो भ्वाइस यूनिभर्स’काविजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। ‘डान्स यूनिभर्स’को सँस्कृतिक समुहविधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत्सहभागिताको अपेक्षा राखेको छ ।