२०८० चैत्र १५ , बिहिवार

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक–एक लाख रुपैयाँ

सुनाखरी न्युज/ काठमाडौं। भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको रिजार्च गर्दा एक लाख रुपैयाँ जितेका छन् ।

 

डिलर दाइ विष्णुमणि श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिसहोमको तर्फवाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले विजेता भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् । विजेताहरूलाई बधाई दिँदै सम्पूर्ण डिसहोम डीटीएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिनेमा कम्पनीले विश्वास लिएको छ ।

 

डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न सकिनेछ । यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिसहोम सोकेसमा हेर्न सक्नेछन् ।