२०८१ बैशाख १२ , बुधवार

‘प्रसाद २’को पोस्टर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । फिल्म ‘प्रसाद २’को फर्स्टलुक सार्वजनिक गरिएको छ।

 

पोस्टरमा अभिनेता विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ। यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन्।सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन्।

 

फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ। यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन्। सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो। फिल्म ‘प्रसाद २’ले जातीयताको मुद्दा उठान गरेको छ ।