२०८० चैत्र १५ , बिहिवार

शेयर बजारको गिरावट जारी

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.४८ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज दई कम्पनीको शेयरमूल्यमा सबैभन्दा वृद्धि भएको छ । जसमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढिले बढेको छ ।

 

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ ।