२०८१ बैशाख १२ , बुधवार

‘नाइँ नभन्नू ल–६’ को एक्सनमय फर्स्ट लुक

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल–६’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

 

निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै फस्र्ट लुक सार्वजनिक गरेको हो । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र वैशाख १ गते प्रदर्शनमा आउनेछ । एक्सन जनराको फस्र्ट लुकमा चलचित्रका कलाकार आँचल शर्मा र आशीर्वाद क्षेत्रीमात्रै समेटिएका छन् ।

 

चलचित्रमा आँचल र आशीर्वादसँगै प्रियङ्का कार्की, केकी अधिकारीलगायतको अभिनय रहेको छ ।