२०८१ बैशाख १४ , शुक्रवार

निष्क्रिय डिम्याट खाता बन्द गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । सेयर नभएका र लामो समयदेखि सञ्चालनमा नआएका निष्क्रिय डिम्याट खाता बन्द गर्ने तयारी भएको छ । खुलेकामध्ये धेरै खाता निष्क्रिय हुन थालेपछि सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले त्यस्ता खाता बन्द गर्न लागेको हो ।

 

यसकारण उक्त कानुनी व्यवस्थालाई परिमार्जन गरी तोकिएको समयसम्म निष्क्रिय रहेका डिम्याट खाता सीडीएससी आफैले बन्द गर्न पाउने व्यवस्थाका लागि नियामक निकाय धितोपत्र बोर्डमा लेखी पठाइएको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए । सीडीएससीका अनुसार बुधबारसम्म ५५ लाख ७३ हजार डिम्याट खाता खुलेका छन् । ती मध्ये १३ लाख ५१ हजार ३ सय ७१ वटा निष्क्रिय छन् । त्यस्तै ३ लाख ८१ हजार खाता दोहोरिएका छन् भने १७ लाख ६३ हजार १ सय १३ वटा खाता सेयर विहीन छन् ।

 

विद्यमान कानुनले खातावालाको अनुमतिविना डिम्याट खाता बन्द गर्न पाइँदैन । सेयर पनि नभएका र लामो समयसम्म नवीकरण नभएका खाता अहिले नवीकरण गर्दा लगानीकर्ताले हरेक वर्ष १ सय रुपैयाँका दरले नवीकरण शुल्क तिर्नुपर्छ ।