२०८१ बैशाख ६ , बिहिवार

हुण्डाईको नयाँ Grand i10 Nios नेपाली बजारमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले hatchback सेग्मेन्ट मा आफ्नो लोकप्रिय model Grand i10 NIOS को फेसलिफ्ट भर्सन भित्र्याएको छ ।

 

हुण्डाई Grand i10 Nios को पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ Grand i10 Nios कम्पनीले प्रवर्धन गरे जस्तै “More. The Merrier” छ । पूर्व मोडलको तुलनामा hatchback को प्रतिष्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ ।

 

हुण्डाई Grand i10 Nios समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित LED Tail Lights जडित Lightbar ले नयाँ Grand i10 Nios लाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै Grand i10 Nios को अघिल्लो भागमा रहेको Painted Black Radiator Grille / LED Daytime Running Lamps (DRLs) ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इन्च Dual Tone Styled Steel Wheel, Projector Head Lamps, Shark Fin Antenna र Roof Rail n] Grand i10 Nios लाई अझ बढी आकर्षक बनाएको छ ।

 

सुरक्षाको हिसाबले नयाँ Grand i10 Nios पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम भएको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित Advanced High-Strength Steel (AHHS) द्वारा तयार गरिएको नयाँ Grand i10 Nios मा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा Airbags, Tyre Pressure Monitoring System, Automatic Headlamps, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM), Hill-Start Assist Control (HAC), Rear Parking Camera with Display on Audio लगायतका विशिष्ट फिचरहरु समावेश गरिएको छ । साथै यो फेसलिफ्ट मोडलमा Speed alert system, burglar alarm, rear defogger, impact sensing auto door unlock, speed sensing auto door lock, headlamp escort system संगै Emergency stop signal लगायतका प्रविधि सम्पन्न सुरक्षा विशेषता रहेका छन् ।

 

नयाँ Grand i10 Nios को Dual Tone Grey interior, Semi Fabric Seat दिएको छ भने Tilt Steering, Cooled Glove Box, Footwell Lighting, 8’’ Infotainment System, Rear USB Charger ले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने छ ।

 

थप विशेषताको कुरा गर्दा यसमा रहेको Wireless Phone Charger, Fast USB Type C Charger, Cruise Control, Voice recognition, Apple CarPlay / Android Auto जस्ता फ्युचरिस्टिक फिचरहरुका कारणले प्रविधिमैत्री कारको रूपमा पनि छुट्टै मानक स्थापित गरेको छ । त्यस्तै चालकको सुविधाको लागि नयाँ Grand i10 Nios को digital instrument cluster मा रहेको Multi-Info Display (MID) feature बाट fuel economy, average vehicle speed, service reminder जस्ता अन्य जानकारी लिन सकिन्छ ।

 

नयाँ Grand i10 Nios 1.2 L Petrol Engine पावरमा उपलब्ध छ । 165 mm को Ground Clearance रहेको यो Hatchback को पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन्न् MT option मा Era, Magna र Sportz भेरीयन्ट र AMT option माMagna र Sportz भेरीयन्ट उपलब्ध रहने नयाँ Grand i10 Nios को प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।

 

नयाँ Grand i10 Nios ले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपाल उत्कृष्ट कारहरु संगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिर परिचित रहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।