२०८१ बैशाख १५ , शनिवार

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा समीर बलामी निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र पत्रकार सङ्घको अध्यक्षमा समीर बलामी निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न संस्थाको नवौँ महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

 

सङ्घको उपाध्यक्ष सङ्गठनतर्फ विजय सुवेदी ‘आवाज’ निर्वाचित हुनुभएको छ भने महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जना निर्वाचित हुनुभएको छ । यस्तै, उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा बलामी र राजन घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । बलामीले ८३ मत पाउँदा घिमिरेले ६७ मत प्राप्त गर्नुभएको हो ।

 

सदस्यहरूमा सुरेन्द्र थापा, चक्रप्रसाद ‘सिपी’ जैसी, अर्जुन गुरागाईँ, अनुप भट्टराई, निशा बजगाईँ, कृष्ण पाण्डे, सदस्य महिलातर्फ सुष्मा कार्की र सदस्य समावेशीतर्फ महम्मद जलिम निर्वाचित हुनुभएको हो । महाधिवेशनको उद्घाटन नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गर्नुभएको हो ।