२०८१ बैशाख १५ , शनिवार

महोत्सवमा रिमाललाई भ्याइनभ्याइ

सुनाखरी न्युज/ काठमाडौं । क्यानडालगायत अन्य मुलुकमा कार्यक्रम गरेपछि नेपाल फर्किएकी गायिका रचनाले त एक महिनाभित्रै स्वदेशमा २२ वटा कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् । अझै प्रशस्तै कार्यक्रम बाँकी रहेको उनी बताउँछिन् ।

 

जहिलेदेखि क्यानडाबाट फर्किएँ, त्यसयता २२ वटाजति कार्यक्रममा भाग लिएँ । ग्याप नगरेर धमाधम कार्यक्रम गरिरहेकी छु पूर्वदेखि पश्चिमसम्म । अझै टन्नै कार्यक्रम छन्, आगामी फागू पूर्णिमामा एउटा गीत ल्याउने गरी रेकर्डको तयारीमा समेत रहेकी छिन । दर्शकले माया दिइरहनुभएको छ । अझै राम्रो गर्नुस् भन्ने रेस्पोन्स पाएकी छु ।

 

कम्तीमा पनि एउटा नाम चलेको कलाकारले एउटा कार्यक्रममा प्रस्तुति दिएबापत एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कमाइको हिसाबले पनि महोत्सवको यो सिजन कलाकारको लागि आकर्षक अवसर समेत हो ।