२०८१ बैशाख १३ , बिहिवार

शर्मिला वाइबाले विष पिएर गरिन् आत्महत्या प्रयास

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय विवादमा रहेकी शर्मिला वाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबार राति विष पिएको बताइएको छ ।

 

विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।

 

पछिल्लो समय वाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन् ।