२०८१ बैशाख १२ , बुधवार

८ दलीय गठबन्धनले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचनको प्रशिक्षण दिँदै

सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेस सहित आठ दलीय गठबन्धनले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचन लक्षित प्रशिक्षण दिन लागेको छ । आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

 

नेपाली काँग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई बोलाइएको छ ।

 

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।