२०८१ बैशाख १४ , शुक्रवार

नेपाल यूएईविरुद्ध टस जितेर फिल्डिङमा

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको छ ।लगातार छैटौंपटक टस जितेपछि कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

 

नेपाली टीममा सन्दीप लामिछानेको पुनरागमन भएको छ । प्रतिश जिसीको ठाउँमा सन्दीपलाई स्थान दिइएको हो । विश्वकप क्वालिफायरमा सिधै छनोट हुन वा एकदिवसीय मान्यता कायम राख्न नेपालले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने बाध्यता छ ।

 

यूएईमा यसअघि भएको पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो भने तुलनात्मकरूपमा बलियो मानिएको यूएई पीएनजीसँग पराजित भएको थियो ।