२०८१ बैशाख ७ , शुक्रवार

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।