२०८१ बैशाख १३ , बिहिवार

राष्ट्र बैंकले ४२.५ करोड बैंकहरुमा लगानी गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ।

 

राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ तथा उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो। केन्द्रीय बैंकले कर्मचारी सुरक्ष कोषमा रहेको रकममध्ये १९ करोड २० लाख रुपैयाँ, ३ करोड ६० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र १ करोड २० लाख रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

 

यसैगरी राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये १४ करोड ८० लाख रुपैयाँ, २ करोड ७७ लाख ५० हजार रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ९२ लाख ५० हजार रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ। उक्त रकम आउँदो चैत १ गतेदेखि २०८० चैत १ सम्म मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले फागुन १९ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।