२०८१ बैशाख १४ , शुक्रवार

बिपिडब्लु लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

 

संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

 

यो आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गते बैंकिङ समयपछि हुनेछ। लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्। बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।