२०८१ बैशाख ६ , बिहिवार

रोकिएन नेप्सेको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबार आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ८३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३.७० रुपैयाँ पुगेको छ ।

 

आज बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोसी हाइडोपावर कम्पनीको भएको छ । यसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ ।