२०८१ बैशाख १३ , बिहिवार

हिमालय ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म काठमाण्डौ मा आयोजना हुने

सुनाखरी न्युज/ काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन(पाटा) नेपाल च्याप्टरद्धारा नेपाल सरकार (संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड,नेपाल वायु सेवानिगम, पाटा अन्तराष्ट्रिय एवमपर्यटन क्षेत्रकाविभिन्न संघ–संस्थाहरुको विशेष सहयोग तथा सहकार्यमाआयोजनागरिने हिमालय ट्राभल मार्टको चौथौ संस्करण यहिजुन ६ देखी ९ सम्म काठमाण्डौमा आयोजना हुन गइरहेको छ ।

 

सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट आयोजनाहँुदै आएको हिमालय ट्राभलमार्ट कोभिड–१९ महामारीका कारण सन २०१९ पश्चात आयोजना हुन नसकेको थिएन । पाटा नेपाल च्याप्टरकाअध्यक्ष विभूतिचन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागीहुन राष्ट्रिय तथाअन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई मार्टमा सहभागीभईपर्यटन व्यवसायलाई पुनरुत्थानगर्न र नेपाललाईमहामारी पछिकोपर्यटनपुनरुत्थानअभियानमा सहयोग गर्न हार्दिक निमन्त्रणादिएका छन्।उहाँले भन्नुभयोे, “कोभिडले बिस्वब्यापीरुपमायात्रार पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपालपनियसमाअपवाद रहेन । यद्यपि, पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदाहिमालयन ट्राभल मार्टको आयोजनाले नेपाललगायत समग्र हिमालयन क्ष्ोत्रकै पर्यटन पुनरुत्थान रप्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने बिस्वाश लिएका छौ।”

 

मार्टकै पूर्वसन्ध्यामानेपाल सरकार, संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रीमाननीय सुधनकिराँतीले विश्वभरबाट आउने अतिथिहरुलाई निमन्त्रणाका साथै शुभकामनासन्देश दिनुभएको छ ।मन्त्रीकिराँतीले हिमालयन ट्राभल मार्ट २०२३ मासहभागीभईनेपाल ले प्रदानगर्नेजीवन्तअनुभवहरुको अनुभूतिलिनतथाकोभिड पछिको पर्यटन पुनरुत्थानमाआवस्यक साथ, सहयोग र सहकार्यकालागिआव्हानगर्नु भएको छ।

 

उहाँले भन्नुभयो, “ हामी निकट बिगतकामहामारी र अन्यविभिन्न समस्याहरुबाट क्षतविक्षतभएको पर्यटन क्षेत्रको पुननिर्माणको संघारमा रहेका छौँ ।हामीहाम्राजोखिमसँगजुधेका प्रेरणादायी कथाहरु र सुरक्षितपर्यटन गतव्यभएको कुरा बोकेर हाम्रापाहुनाहरुको विश्वास र मन जित्दैनेपाललाई सर्वोत्कृष्ट एवं सुरक्षितगन्तव्यको रुपमा स्थापितगर्ने दृढताका साथहामीअबपर्यटनको भविष्यको पुनर्निर्माण गर्नदत्तचित्तभएर लागिपरेका छौँ ।’

देशकै प्रमुखअन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापितहिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्यूजिल्याड, एसिया, सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका विश्वब्यापीक्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीचब्यापार आदान–प्रदानतथा सम्बन्ध संञ्जालविस्तार, ज्ञान तथासिपआदान–प्रदानगर्ने एक अद्धितीय मञ्चतथा एउटा विशेष लोकप्रियबी–टु–बीकार्यक्रमहो ।

नेपाल लाई विश्वसामु “हिमालयप्रवेशको द्धार”, साहसिकपर्यटनको केन्द्रतथा सबल पर्यटन मैत्री गन्तब्यको बलियो ब्रान्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ आयोजना हुने हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवद्र्धनकालागिकोसेढुङ्गा बन्दै गएको छ । मार्टले अति छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्यातिप्राप्त गरेको छ र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै गएको छ ।