२०८१ बैशाख १२ , बुधवार

२१६ मेगावाटको माथिल्लो त्रिसूली–१जलविद्युत आयोजनाको नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । प्रत्यक्ष वैदेशिकल गानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँध लगायत संरचना (हेडवक्र्स) निर्माणका लागिनदीफर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।

 

रसुवाको आमा छोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मि. लम्बाइ र ५ मि. व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङनिर्माण सम्पन्न भएपछि मंगलबार बाट सोही सुरुङबाट नदीफर्काई बाँधनिर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइहकयुनले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्यतथाप्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मालम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिले सम्म ४.५ किलोमिटर सम्पन्न भएको छ, यस अवसरमा निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्ववाददिन चाहन्छौं, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ ।’

 

आयोजनाको भूमिगत विद्युत गृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पौष बाट सुरु गरिएको थियो । आयोजनानिर्माणमा हालकरिब ७ सय कामदार परिचालित छन् । त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीयबासिन्दा छन् । आयोजनानिर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान ले काम गरिरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी मानिर्माण हुनलागेको माथिल्लो त्रिशूली—१ हाल सम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएनी,विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुलअनुमानितलागत ६४ करोड ७३ लाखअमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानीगर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादनहुने छ । आयोजनाबाट उत्पादनहुने कुलवार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशतहिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामाउत्पादनहुने छ । उत्पादितउर्जा नेपालविद्युतप्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बीहब सबस्टेसनमाजोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

काठमाडौं लोड सेन्टर बाट नजिक रहेको र विद्युतको अध्याधिकमाग हुने हिउँदमासमेत १०४ मेगावाटविद्युत् प्राप्तहुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजना बाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्तहुने छ । आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ ।