२०८१ बैशाख ११ , मंगलबार

विश्वका ७ देशबाट आउँछ नेपालमा चुइगम

सुनाखरी न्युज/ काठमाडौं । चालू आर्थिक वर्षमा नेपालले विदेशबाट ३७ करोड ८ लाख ७२ हजार रुपैयाँको चुइगम आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८९/८० को ७ महिनाको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।

 

यस अवधिमा ११ लाख ३५ हजार ९२९ किलोग्राम चुइगम आयात भएको छ भने चुइगम आयात बापत राज्यले २९ करोड ८२ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । तथ्यांकअनुसार नेपालमा विश्वका ७ देशबाट चुइगम आयात हुने गरेको छ ।

 

सबैभन्दा धेरै भारतबाट ३६ करोड १३ लाख रुपैयाँको चुइगम आयात भएको छ । यसपछि टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम भित्रिएको छ भने अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको पाइएको छ । यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १० लाख ९२ हजार रुपैयाँको चुइगम निर्यात भएको छ । यस अवधिमा १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको हो । नेपालबाट निर्यात भएको सबै चुइगम भारततर्फ निर्यात भएको छ ।