२०८० चैत्र १६ , शुक्रवार

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा तीन उडान गर्दै

सुनाखरी न्युज/ काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको जजिरा एयरवेजले २५ फागुनदेखि सातामा तीन दिन उडान सुरू गर्ने भएको छ। केही सातायता उडान रोकेको उसले पुन उडान थाल्दै तीन वटा उडान गर्न लागेको हो। कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ।

 

जजिराले भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८:०५ बजे उडान भर्नेछ।कुवेतमा स्थानीय समय अनुसार बिहान १०:५५ बजे अवतरण गर्ने छ। साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ।

 

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो।