२०८१ बैशाख १४ , शुक्रवार

चरित्र हत्या गरिएको भन्दै समीक्षाको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । गायिका समीक्षा अधिकारीले लेख्दै नलेखेको कुरा जथाभावी फोटोसप गरेर चरित्र हत्या गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् ।

 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले लेख्दै नलेखेको कुरा भाइरल बनाएर चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न सबैलाई आग्रह पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या ? प्लिज यसो नगरिदिनुहोला।’

 

फागुन १५ गते अभिनेता पल शाह जेलमुक्त भएपछि समीक्षाले फेरि सँगै काम गर्ने भनेर लेखेको स्टाटस भाइरल भएको थियो । तर, उक्त स्टाटस फोटोसप गरेर आफ्नो चरित्र हत्या गरिएको उनले प्रष्टिकरण दिएकी छन् ।