२०८१ बैशाख १३ , बिहिवार

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

Samsad Bhawan32

सुनाखरी न्युज/ काठमाडौं ।बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको जानकारी दिएका छन् ।

 

बुधबारको बैठक विशेष कारणले सारिएको सूचनामा उल्लेख छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि बस्नेगरी प्रतिनिधिसभाको बैठक सारिएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चुनाव हुँदैछ ।

 

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने लगायतका विभिन्न कार्यसूची रहेका थिए ।

May be an image of text that says 'सषीय ससद, नेचार বদ प्रतिनिधि संघीय संसद प्रतिनिधि सभा सूचनापत्र ४ २०७९ गते फागुन १७ गते वुधवार बैठक बस्ने दिन र समय परिवर्तन भएको सम्बन्धी सूचना मिति २०७९ साल फागुन १७ गते बुधवार दिनको १:०० वजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको वैठक मिति २०७९ साल चैत गते आइतबार दिनको ૧:०० वजे वस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माo सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको डा. भरतराज ਗੁਬ गौतम संघीय संसदको महासचिव'