२०८१ बैशाख ११ , मंगलबार

बढ्यो सुनको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।