२०८१ बैशाख १४ , शुक्रवार

टिकटक स्टार केजिमिनले नेपाली गीतमा बनाईन भिडियो

सुनाखरी न्युज/

दक्षिण कोरियाली टिकटक स्टार केजिमिनले झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपाली सम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।

 

केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको उमेर २० वर्ष आसपासमा छ । उनको भिडियोलाई नेपाली टिकटक प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ । उनलाई पछ्याउने नेपाली टिकटकरको संख्या पनि उच्च छ ।

 

केजिमिनले दर्शन सलामदेखि चरी कहाँ छ, नलाऊ माया, लैलै बरै, च्याङ्वा होई च्याङ्वा, जुन मलाई भन्छौ भने, जुनी काट्छु भन्थ्यौ नि मसित, करिमले छेउ लाएपछि त, पियार पियार, समाउ हातैमा, ए फूलमायासहित झण्डै दुई दर्जन गीतमा भिडियो बनाएकी छन् । शब्द नबुझिएपनि पछिल्लो समय संगीत र त्यसको लयशैलीले नेपाली गीतमा विदेशीले टिकटक बनाइरहेका छन् ।