२०८१ बैशाख १५ , शनिवार

चिनियाँ प्रयोगशालाबाट फैलिएको कोरोना

Corona

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो तीन वर्षदेखि सोधिएका हरेक प्रश्नको जवाफमा चीनको नाम पक्कै आएको छ । अब एफबीआईका निर्देशक क्रिस्टोफर रेले पनि यसबारे बयान दिएका छन् । क्रिस्टोफर रेले एफबीआईलाई कोभिड–१९ चीनको सरकारी प्रयोगशालाबाट उत्पत्ति भएको प्रबल विश्वास रहेको बताएका छन् ।

 

क्रिस्टोफर रेले फक्स न्युजलाई भने, ‘केही समयदेखि एफबीआईले चिनियाँ सरकारी प्रयोगशालामा भएको घटनापछि महामारी सुरु भएको पत्ता लगाएको छ ।’कोभिडको सुरुवातको सन्दर्भमा एफबीआईले यो जानकारी सार्वजनिक रूपमा साझा गरेको यो पहिलो पटक हो । चीनले वुहानबाट कोरोना सुरु भएको कुरालाई अस्वीकार गर्दै त्यस्ता आरोपलाई अपमानजनक भन्दै आएको छ ।

 

एक दिन अघि, चीनमा अमेरिकी राजदूतले ‘कोभिडको उत्पत्तिको विषयमा अझ इमानदार रहन’ भनेका थिए । रेले मङ्गलवार एक अन्तरवार्तामा चीनले महामारीको उत्पत्तिसँग सम्बन्धित जानकारी लुकाउन र अनुसन्धानको बाटोमा बाधा पु¥याउने हर सम्भव प्रयास गरिरहेको र यो सबैका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।एजेन्सी