२०८१ बैशाख १४ , शुक्रवार

माग्नेबुढाले कलाकारलाई व्यंग्य गर्दै गाय गीत

सुनाखरी न्युज/ काठमाडौं । फागुन १९ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को प्रमोशनल गीत सार्वजनिक भएको छ ।

 

युट्युबबाट सार्वजनिक गरिएको उक्त गीतमा हास्य अभिनेता केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । फिल्मको उक्त गीतमा फिल्मका सबै शीर्ष कलाकारलाई व्यंग्य गरिएको छ । घिमिरेकै संगीत निर्देशनमा तयार भएको गीतको भिडियोमा कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि फिचर्ड छन् । प्रमोसनल गीतको रूपमा ल्याइएको यो फिल्मका महत्वपूर्ण दृश्यहरु समावेश गरिएको छ ।

 

यसैबीच फिल्मको प्रि–बुकिङ खुला गरिएको छ । सोमबार साँझदेखि मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका हुन् । हेमराज बिसीद्वारा निर्देशित यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म नेपालसहित विदेशमा समेत शुक्रवारदेखि नै प्रदर्शनमा आउने छ ।