२०८१ बैशाख २९ , शनिवार

फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

सुनाखरी न्युज/ काठमाडौं । भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ ।

 

बिबिसी हिन्दीले सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको जनाएको छ । नयाँ मूल्य मार्ग १ देखि लागू भएको छ ।

 

त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ ।