२०८१ बैशाख ११ , मंगलबार

आइएमई पे र सिटी एक्स्प्रेस वीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेस वीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नुहुन्छ ।

 

सम्झौता ग्राहकहरुलाई सहजतरिकाले आफ्नो विदेशमा रहेका परिवार तथामित्रहरुले पठाएको रकम झन्झट् बिनाप्राप्तगर्न मिल्ने उदेश्यका साथगरिएको हो । यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्तगर्न सक्नुहुनेछ ।

 

आइएमई पेको बारेमाः–
‘आइएमई पे’आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट ऐन, २०७५ बमोजिमआई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा‘आइएमई पे’प्रदानगर्ने अनुमतिप्राप्त गरेको हो । यस्तो अनुमतिपाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइलवालेट सेवाउपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राहीआफैले अथवाएजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्नकिसिमकाभुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युततथाखानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतकानगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई , पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपालीजनतालाई वित्तीय सेवाहरूको पहुँचउपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ ।मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।