२०८१ बैशाख ७ , शुक्रवार

अपर तामाकोशीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति

सुनाखरी न्युज/ काठमाडौं । विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावर कम्पनी (UPPER) लाई हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न दिने निर्णय भएको हो ।

 

आयोगका अध्यक्ष दिल्ली सिहंले अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय भएको मेरोलगानीलाई जानकारी गराएका हुन् । कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।