२०८१ बैशाख १४ , शुक्रवार

मृतक परिवारलाई बीमा रकम हस्तान्तरण

सुनाखरी न्युज/ बर्दिया । अभियान लघुबित्त बित्तियको शाखा कार्यालय बाँसगढी , बर्दियाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

बासगढी नपा ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई बीमा बापत तिन लाख पचास हजार रुपैयाँ प्रदान गरेको हो । मृतक तिमल्सेनाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती सरस्वती तिमल्सेन लाई अभियान केन्द्र न १० का सदस्य एवम बाँसगढी शाखाका कर्मचारीको उपस्थितीमा शाखा प्रमुख दुर्गालाल बिश्वकर्माले कार्यालयमा रकम प्रदान गरेका हुन् ।

केन्द्रिय कार्यालय पनौती ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।