२०८१ बैशाख ७ , शुक्रवार

कसरी गर्ने झाडापखालाको उपचार ?

सुनाखरी न्युज/ काठमाडौं । गर्मी सुरु भएसँगै झाडापखाला, हैजा लगायतका रोगहरूले सताउने गर्छ । यस्ता सरुवा रोग फैलन नदिनका लागि सावधानी र सतर्कता अपनाउन जरुरी हुन्छ । चिकित्सकहरूका अनुसार स्तनपान नगराई बोतलको दूध खुवाइएको बच्चाहरू, कुपोषित बालबालिका, दूषित खाना र पानी खाँदा र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा झाडा पखालाको उच्च जोखिम हुन्छ ।

 

झाडापखाला लाग्दा पेट दुख्ने, बान्ता हुने, पातलो दिसा आउने लगायतका लक्षणहरू देखिन्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यस्तो अवस्थामा घरैमा झाडापखालाको उपचार गर्न सकिन्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खाने ।

 

प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खाने,नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खाने । स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार औषधिको मात्रा नबिराईकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने ।