२०८१ बैशाख ८ , शनिवार

आगामी बजेटको लागि कर तथा राजस्व सम्बन्धी सुझाव पेश गर्न सरकारको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको लागि कर तथा राजस्व सम्बन्धी सुझाव पेश गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले कर तथा राजस्व सम्बन्धी सुझाव पेश गर्न आग्रह गरेको हो।

 

विभाग अन्तर्गतको आन्तरिक राजस्व उप-समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार, प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु दिनको लागि आग्रह गरेको हो । उपसमितिले २०७९ चैत्र १५ गते भित्र सुझाव दिनको लागि सम्बन्धित संघ-संस्था, सरकारी निकाय, बुद्धिजीवीहरु एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ।

 

सुझाव पठाउने ठेगाना 
आन्तरिक राजस्व विभाग,
नीति विश्लेषण शाखा, लाजिम्पाट, काठमाडौं;
फ्याक्स: ४४११७८८
e-mail: policyird@ird.gov.np