२०८१ बैशाख १२ , बुधवार

खल्ती र गुडविल फाईनान्सबीच सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।

 

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । यति मात्र नभएर गुडविल फाईनान्स खाता खल्ती संग लिंक गरि खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन् । खल्तीमा बैंक लिंक गरे पश्चात खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटीनेछ। साथै यस सम्झौता पश्चात खल्ती प्रयोगकर्ताले अब गुडविल फाईनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ। यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले विभिन्न वित्तीय संस्थाहरूसँग गरिरहेको साझेदारीले पक्कै पनि डिजिटल नेपालको अवधारणलाई साकार गर्न काम गरिरहेको बताए ।

 

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ्ग अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ। प्रयोगकर्ताले गुडविल फाईनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाईट टिकट बुकिङ्ग को भुक्तानी गरि यस अफरमा सहभागिता जनाउन सक्नेछन्।