२०८१ बैशाख १४ , शुक्रवार

सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

 

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, क्रान्ति गर्न चाहने विद्रोहीका रुपमा देखाइएको छ ।

 

एउटा परिवारभित्र सामाजिक, आर्थिक, राजनीतिक विषयमा हुने वैचारिक भिन्नतालाई ट्रेलरमा देख्न सकिन्छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई प्रमुख विषय बनाइएको यो फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल, पवन श्रेष्ठ लगायतको अभिनय छ ।