२०८१ बैशाख ८ , शनिवार

नेपाल स्नेही काखले कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

नाखरी न्युज/ काठमाडौं । स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ ।

 

उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ । बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् ।

 

हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।