२०८० चैत्र १६ , शुक्रवार

पत्नीको सहयोगमा गर्लफ्रेण्ड खोज्दैछन् यी करोडपति

सुनाखरी न्युज/ काठमाडौं ।  दर्जनौँ गर्लफ्रेण्डसँग पार्टी गर्ने एकजना करोडपति व्यापारी ट्रेभर्स बेयोन एकपटक पुनः चर्चामा छन् । बेयोनले अहिले आफ्नै पत्नीसँग मिलेर आफ्ना लागि नयाँ गर्लफ्रेण्डहरुको खोजी गरिरहेका छन् ।

 

यी अष्ट्रेलियन करोडपति व्यापारी र उनकी पत्नी दुबैजना सोसल मिडियामा निकै चर्चित छन् । बेयोनले पछिल्ला दिनहरुमा विभिन्न महिलाहरुको साथमा पार्टी गरेका तस्वीरहरु सोसल मिडियामा शेयर गरिरहेका हुन्छन् । यस्तोमा आम मानिसहरुको मनमा एउटा प्रश्न उठेको थियो कि आखिर उनले नयाँ नयाँ परस्त्रीहरुसँग यसरी खुलेआम मस्ती गरिरहँदा उनकी पत्नीले किन रोक्दिनन् ? बेयोनेले यो जिज्ञासाको जवाफ इन्स्टाग्राम मार्फत दिएका छन् ।

 

धेरै महिलासँग पार्टीमा झुम्ने बेयोनेका अनुसार सुखी जिवनको चाबी नै एउटा असल पत्नी खोज्नु हो । उनले आफ्नी पत्नी ताएशा बेयोनेसँगको एउटा तस्वीर पनि शेयर गरेका छन् जसमा ताएशा बिकिनीमा देखिन्छिन् । ५० वर्षका ट्रेभर्सले उक्त तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘मानिसहरु तपाईंको बारेमा के सोँच्छन्, आफ्नै नियमहरुमा जिवन जिउने विषयलाई लिएर तपाईंको बारेमा उनीहरु के बोल्छन्, त्यसको परवाह नगर्नुहोस् । मेरा गर्लफ्रेण्डहरु मेरी पत्नीका पनि गर्लफ्रेण्ड हुन् । बेयोनेको उक्त पोस्टमा धेरै मानिसहरुले उनको समर्थन गरेका छन् भने केहीले आलोचना पनि । ट्रेभर्सकी पत्नी ताएशाले आफ्नो इन्स्टाग्राममा एउटा लिंक शेयर गरेकी छिन् ।

 

त्यसमा महिलाहरुलाई गर्लफ्रेण्ड बन्नका लागि आवेदन दिन अनुरोध गरिएको छ । त्यसमा गर्लफ्रेण्डमा हुनुपर्ने आवश्यक क्षमताहरुको बारेमा उल्लेख गरिएको छ । बेयोने दम्पत्ति परिवारसँगै १५ बेडरुम तथा १९ वटा बाथरुम भएको घरमा बस्छन् । उनीहरुका ४ सन्तान छन् । ट्रेभर्सको कूल सम्पत्ति १४ करोड पाउण्ड छ । उनको आम्दानीको मूख्य श्रोत भनेको उनको सुर्ती कम्पनी हो । उक्त कम्पनी उनका बुवाआमाले सुरु गरेका थिए र ट्रेभर्स सन् १९९० को दशकमा कम्पनीको प्रबन्ध निर्देशक बनेका थिए । उनी पहिले फुटबलर समेत थिए । यसका अलावा उनले विभिन्न ठूला ब्राण्डहरुका लागि मोडलिङ पनि गरिसकेका छन् । ताएशा उनकी दोश्रो पत्नी हुन् । एजेन्सी