२०८१ बैशाख ८ , शनिवार

फिल्म निर्माण गर्दै प्रकाश सपूत

सुनाखरी न्युज/ काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूतले आफै फिल्म निर्माण गर्ने तयारी गरेका छन् । उनी यतिबेला गुपचुप रुपमा फिल्म निर्माणको तयारीमा जुटेका हुन् । आगामी वैशाखमा फिल्मको नाम घोषणा गर्ने उनको तयारी छ ।

 

नेपाली साङ्गीतिक क्षेत्रमा फरक र विशिष्ट पहिचान बनाएका गायक प्रकाशले आफ्ना गीतको भिडियो निर्देशन आफैले कथानक शैलीमा गर्दै आएका छन् । फिल्मको निर्माणसँगै निर्देशन पनि प्रकाश स्वयंमले गर्ने बुझिएको छ ।

 

हालै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित प्रकाशले आफू फिल्म निर्माणको तयारीमा रहेको खुलाउँदै भने ‘बैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ उनले फिल्मबारे अरू केही कुराहरू भने खुलाउन चाहेनन् ।