२०८१ बैशाख ७ , शुक्रवार

पुरानै कथामा फर्किए ‘माग्ने बुढा’

सुनाखरी न्युज/ काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा कुनै बेला आकर्षणको केन्द्र थिए, माग्ने बुढा र धुर्मुस ।

 

यी कलाकारलाई स्थापित गर्ने सिरियल नै बन्यो मेरी बास्सै । तर कालान्तरमा उनीहरू यसबाट ओझेल परे । धुर्मुस समाज सेवामा केन्द्रित भए भने माग्ने बुढा फिल्ममा । यिनैमध्येका एक केदार घिमिरे उर्फ माग्ने बुढा यो टेलिश्रृंखलामा पुनरागमन हुने भएका छन् । मिडिया हबका अनुसार, मंगलबार प्रसारण हुने मेरी बास्सैको नयाँ भागमा उनी देखिनेछन् ।

 

घिमिरेले परिचय दिएको टेलिफिल्ममा पुनरागमन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । माग्ने बुढासँगै अर्की कलाकार बेनिसा हमाल पनि श्रृंखलामा देखिने भएकी छन् ।