२०८० चैत्र १५ , बिहिवार

नोकियाले परिवर्तन गर्यो लोगो

सुनाखरी न्युज/ काठमाडौं । नोकियाले ६० वर्षपछि आफ्नो प्रतिष्ठित लोगो परिवर्तन गरेको छ। सन् १९६६ देखि नोकियाको लोगोमा केही परिवर्तन भए पनि अहिले लोगो पूर्ण रुपमा परिवर्तन हुँदैछ। लोगो परिवर्तनसँगै कम्पनीले अब मोबाइल व्यवसायबाहेक नेटवर्क व्यवसायमा पनि ध्यान केन्द्रित गर्ने तयारी गरेको देखिन्छ।

 

नोकियाको नयाँ लोगोमा नोकियालाई प्रतिनिधित्व गर्ने पाँचवटा आकारमा बनाइएको छ। नोकियाको लोगो सधैँ नीलो रङमा हुने भएपनि अब यसलाई पनि परिवर्तन गरिएको छ। नोकियाले स्मार्टफोन मात्र नभई फाइभजी उपकरण पनि निर्माण गर्छ र यसका लागि अब नोकियाका दुई लोगो देखिनेछन्। एउटा लोगो विशेषगरी मोबाइल फोन सेग्मेन्टका लागि राखिएको छ। जब कि अर्को लोगो कम्पनीको अन्य व्यवसायहरुका लागि हो। फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलसँग नोकिया मोबाइल फोन बनाउने लाइसेन्स छ। नोकियाले आफ्नो लोगो परिवर्तन गरेको भए पनि रिपोर्टका अनुसार एचएमडी ग्लोबलले नोकियाको पुरानो क्लासिक लोगो भएका स्मार्टफोनहरु बिक्री गर्ने जनाएको छ।

 

नोकियाका सीईओले नोकिया अब स्मार्टफोन कम्पनीमात्र नभई व्यावसायिक प्रविधि कम्पनी बनेको बताएका छन्। स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस चलिरहेको छ र यसै क्रममा कम्पनीले नोकियाको नयाँ लोगो सार्वजनिक गरेको छ। कम्पनीका सीईओले आफ्नो ब्लगपोस्टमा भनेका छन् कि अधिकांश मानिस नोकियालाई सफल मोबाइल ब्रान्डका रुपमा मात्र चिन्छन्। तर, नोकिया मोबाइल फोनको मात्र होइन। वास्तवमा कम्पनीले आफ्नो नेटवर्क व्यवसायमा पनि जनताको ध्यान आकर्षित गर्न चाहन्छ।

 

कम्पनीका सीईओले नोकियाले नेटवर्क र औद्योगिक डिजिटलाइजेसनमा केन्द्रित हुने ब्रान्ड ल्याउन चाहेको बताएका छन्। जुन लिगेसी मोबाइल फोन व्यवसायभन्दा पूर्ण रुपमा भिन्न छ। यद्यपि यो लोगो २०२४ भन्दा अगाडि नोकियाका उत्पादनहरुमा देखिने छैन। किनभने विद्यमान उत्पादनहरु पुरानो लोगोमा मात्र बिक्री हुनेछन्। एचएमडी ग्लोबलले नोकिया मोबाइल फोनहरु बनाउने भएकोले, एचएमडी ग्लोबलले आगामी दिनमा यो नयाँ लोगो भएका फोनहरु बेच्ने कि गर्दैन भनेर हेर्न चाखलाग्दो हुनेछ। एजेन्सी