२०८० चैत्र १५ , बिहिवार

आत्मनिर्भर लघुवित्तको आईपीओमा १६ लाख बढीको आवेदन

IPO

सुनाखरी न्युज/ काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १ गतेदेखि आज १४ गतेसम्म निष्काशन गरेको शेयरमा १६ लाख बढीको आवेदन परेको छ ।

 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५: ०४ बजेसम्ममा १६ लाख ९ हजार ५८६ जना आवेदकबाट १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरको १०४.९० गुणा बढी हुन आउँछ ।

 

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो। सो मध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

 

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १६ हजार ९७५ जनाले मात्रै शेयर पाउनेछन् ।