२०८१ बैशाख ६ , बिहिवार

दिनभरको तिव्र उतार चढाव पश्चात नेप्से सुधारको बाटोमा

सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से सूचक सोमबार ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा आएको छ । यस दिन २५९ कम्पनीको ५१ लाख २० हजार कित्ता सेयर कारोबार भएको छ ।

एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सोमबार निर्णयसँगै सेयर बजारले तत्कालका लागि अब पुँजी बजारमा राजनीतिको छाँया विस्तारै सकिंदै जाने संकेत मिलेको छ । नेप्से फराकिलो अंकले घट्यो । तर अन्तिम प्रहरसम्म आइपुग्दा बजारमा सुधार हुँदै गयो । बन्द हुने बेलामा नेप्से सूचक निकै झिनो अंकले मात्र घट्यो ।

यसर्थ, अब राजनीतिकै कारण बजारमा हुने गिरावट कम हुँदै गएको अनुमान गरिएको छ ।  सरकारको संरचना र भावी राष्ट्रपतिको सम्भावनालगायतका विषयहरु सतहमा आइसकेका छन् । अब राजनीति अर्कै कोर्षबाट अघि बढ्न लागेको छ । यी सबै पक्षलाई सेयर बजारले रियाक्ट गरिसकेको छ ।

अब विस्तारै राजनीतिको प्रभाव कम हुने र सेयर बजारमा फन्डामेन्टल पक्षले काम गर्ने अनुमान गरिएको छ । यी पक्षहरुले बजारले करेक्सन चक्र पूरा भएपछि पुनः गति समाउने धेरै जानकार र विश्लेषकहरुको भनाई रहेको छ ।