२०७९ चैत्र ११ , शनिवार

वर्षाका कारण हिउँदे बालीलाई फाइदा

Screenshot 2023-02-27 151029

सुनाखरी न्युज/ काठमाडौं ।

लामो समयपछिको वर्षाका कारण हिउँदे बालीलाई फाइदा पुगेको छ । सुकेका बालीमा सिँचाइ भएको छ । यतिबेला गहुँ, आलु, तोरीलगायतका हिउँदे बालीमा सिँचाइको समय भएको थियो ।

सिँचाइ सुविधा नभएका ठाउँमा हिजोको वर्षाले राहत दिएको छ । तर, हिउँदे बालीलाई फाइदा पुगे पनि हिजो केही ठाउँमा परेको असिनापानीले फलफूल खेतीमा भने नोक्सानी पुर्याएको छ ।

यतिबेला सुन्तला, आरु, आरुबखडालगायत फलफूलको फूल र चिचिला लाग्ने समय हो । हिजोको असिनापानीले फूल र चिचिलामा नोक्सानी गरेको छ।