२०८१ बैशाख ४ , मंगलबार

५ करोड पर्ने जग्गाको मालिक कुकुर भएपछि

सुनाखरी न्युज/ काठमाडौं । करोडौँ पर्ने जग्गाको मालिक कुकुर हो भन्दा कसैले पत्याउँदैनन् । तर भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको कुरा सत्य हो ।

 

बिबिसीका अनुसार गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि देखिने उक्त जग्गाको मालिक कुकुर हुन् । पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका कारण उक्त जग्गा अहिले कुकुरकै भएको बताइन्छ । पुर्खाले दिएको उक्त जमिनको अहिले मूल्य ५ करोड भारु रहेको छ ।

 

सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिन्छ । स्थानियहरुका अनुसार कुकुरका लागि उक्त जग्गमा खेती गरेर आएको रकमले कुकुरको खानाका लागि प्रयोग गरिन्छ ।