२०८१ बैशाख ७ , शुक्रवार

अबैध कपडा बरामद

सुनाखरी न्युज/ मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ ।

 

हिजो राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर-१२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी बिराटनगर-१५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो ।

बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।