२०८१ बैशाख १२ , बुधवार

अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफएजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी एक अन्र्तक्रिया कार्यक्रम यही फाल्गुन १५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहनुभएका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्र्तक्रियागर्नु भएको थियो ।

अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमाभएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गर्नुभएको थियो । कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए÷सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो । उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको बिबिध परिदृश्यहरुका साथै नेपालको पुँजीबजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमाभएकाप्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराउनुभएको थियो। नेपालको पुँजीबजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजीबजारमा लगानी गर्दा कसरी लगानीगर्न सकिन्छ र त्यसबाटप्राप्तहुने अवसर र चुनौतीकाबारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो ।

 

उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको राजनीतिक बाहेक अन्यअधिकार सहितको नागरिकतार लगानी सहजीकरणका विषयमा तथा लगानी गरे पश्चातलगानीवापतको आम्दानी सँगै लगानी रकम समेतफिर्ता लाने संयन्त्रको बारेमाचासो व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो व्यस्तताका बावजुद सिड्नी सहरमा समेतआएर नेपालीपूँजीबजारको सम्भावना र अवसरका बारेमा प्रकाश पारिदिनु भएकोमा मेख बहादुर थापा प्रति आभार प्रकट गर्नुभयो ।