२०८१ बैशाख १३ , बिहिवार

आत्मनिर्भर लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई फाल्गुन ११ गतेबाट आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा आवेदन दिने आज फाल्गुन १५ गते अन्तिम दिन रहेको छ। मागभन्दा बढी आवेदन परेकाले लघुवित्तको आइपिओ निष्काशन आज बैंकिङ्ग समयपश्च्यात बन्द हुने भएको हो।

 

मागभन्दा बढी अवेदन परेसँगै इच्छुक लगानीकर्ताले लघुवित्तको आइपिओमा न्युनतम १० कित्ता आवेदन दिए पुग्नेछ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

 

लघुवित्तको जारी पूँजी रु ६ करोड २३ लाख ३८ हजारको ३२.६२५% ले हुन आउने रु २ करोड ३ लाख ३८ हजार रकम बराबर प्रति शेयर रु १०० अंकित दरका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएको र सो मध्ये १०% अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिएको, साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.५३२६% ले हुने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्ये ५% अर्थात १० हजार १७० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने १ लाख ६९ हजार ७५५ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको हो।