२०८१ बैशाख १४ , शुक्रवार

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई जारी

क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित दुइटा मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाई जारी रहने भएको छ ।

 

पाटन उच्च अदालतको आदेश विरुद्ध स्वयं सन्दीपले दायर गरेको विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने मागसहितको मुद्दा र सन्दीपलाई धरौटीमा छाड्न नहुने रायको महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाई आज पनि हुँदैछ । आईतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो ।

 

नाबालिका बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा नै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो । साथै विदेश जान प्रतिबन्ध लगाइएपछि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा सन्दीपले पनि निवेदन दिएका छन् ।